प्रिती फन्टलाई युनिकोडमा बदल्नुहोस्

प्रिती फन्ट १९९० को दशकको पुरानो नेपाली फन्ट हो जसले पाठलाई ASCII को रूपमा भण्डारण गर्छ — स्क्रिनमा नेपाली देखिए पनि भित्र ASCII bytes मात्र हुन्छन्। युनिकोडमा बदलेपछि तपाईंको पाठ खोज इन्जिन, copy-paste र सबै आधुनिक प्रणालीले बुझ्न सक्छ। यो उपकरण Word कागजात (.docx) लाई पूरा ढाँचासहित रूपान्तरण गर्छ।

.docx Word कागजात छ? पूर्ण सम्पादक खोल्नुहोस् — तालिका, छवि, हेडर र फुटर सबै सुरक्षित।

सम्पादकमा खोल्नुहोस् →

उल्टो गर्नु छ? युनिकोड → प्रिती → | English version

प्रायः सोधिने प्रश्नहरू

प्रिती फन्ट भनेको के हो?

प्रिती एक पुरानो नेपाली फन्ट हो जसमा अंग्रेजी किबोर्डका key हरूलाई नेपाली अक्षरसँग जोडिन्छ। स्क्रिनमा नेपाली देखिए पनि भित्र ASCII bytes मात्र हुन्छ — युनिकोड हुँदैन। यसले गर्दा खोज इन्जिन, copy-paste र आधुनिक सफ्टवेयरले यो पाठ बुझ्दैन।

Word कागजातको ढाँचा बाँचि रहन्छ?

हो। यो उपकरण मूल .docx फाइललाई नै भित्रबाट परिवर्तन गर्छ — नयाँ बनाउँदैन। त्यसैले तालिका, छवि, text box, हेडर, फुटर र सम्पूर्ण ढाँचा ज्यूँका त्यूँ रहन्छ।

मेरो फाइल सर्भरमा जान्छ?

जाँदैन। सम्पूर्ण रूपान्तरण तपाईंकै ब्राउजर भित्र हुन्छ। फाइल कहिल्यै सर्भरमा पठाइँदैन र पूर्णतः निजी रहन्छ।